रियलको प्रशिक्षकबाट जिदानलाई हटाउने तयारी, यी हुन् उनको ठाउँ लिने सम्भावित प्रशिक्षक

डिसी नेपाल
४ असोज २०७६ १०:४३

काठमाडौं। अघिल्लो कार्यकालमा रियल मड्रिडलाई ठूलै सफलता दिलाएका फ्रेन्च प्रशिक्षक जिनेदिन जिदानले दोस्रो कार्यकालमा भने निराशाजनक नतिजा दिएका छन् । रियलको खस्किँदो स्तरसँगै अब रियलमा उनको विकल्प खोज्नेबारे चर्चा सुरु भएको छ । जिदानको विकल्पको रुपमा आउने सम्भावित प्रशिक्षकको सूची भने त्यति लामो छैन ।

रियलका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले सामान्यतया कुनै क्लवमा आबद्ध नभएर खाली रहेका प्रशिक्षक वा रियल मड्रिडको पृष्ठभूमि भएका प्रशिक्षक रोज्ने गर्छन् । उनको यही इतिहालाई हेर्दै स्पेनिस मिडिया मार्काले केही सम्भावित प्रशिक्षकको सूची तयार पारेको छ जसले रियल मड्रिडमा जिदानलाई विस्थापित गर्न सक्छन् ।

१. जोसे माउरिन्होः म्यान्चेस्टर युनाइटेडले डिसेम्बरमा हटाएपछि यी पोर्चुगिज प्रशिक्षक अहिलेसम्म खाली छन् । उनी पुनः रियल मड्रिड फर्कने सम्भावना बलियो छ । उनी यअघि २०१० देखि २०१३ सम्म रियलका प्रशिक्षक थिए ।

२. मासिमिलियानो अल्लेग्रीः यसअघि युभेन्टसका प्रशिक्षक रहेका अल्लेग्री २०१८ मा जिदानले रियल मड्रिड छाडेपछि रियलका सम्भावित प्रशिक्षकका बलिया दावेदार थिए । अल्लेग्रीसँगै एन्टोनियो कोन्टे र माउरिसियो पोचेटिनो बलिया दावेदार भएका बेला जुलेन लोपेतेगुइले उनीहरुलाई उछिन्दै रियलका प्रशिक्षक बनेका थिए ।

३. राउलः रियल मड्रिडका पूर्वकप्तान जिदानकै पदचाप पच्छ्याउँदै क्लवको प्रशिक्षक बन्न सक्छन् । यसअघि रियलले आफ्ना पूर्वकप्तान जिनेदिन जिदानलाई प्रशिक्षक बनाएको थियो । जुलेन लोपेतेगुइले रियल छाडेपछि पनि रियलले पूर्वकप्तान सान्टियागो सोलारीलाई प्रशिक्षक बनाएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *