ला लिगाः आज चार खेल, बार्सिलोनालाई ग्रानडाको चुनौति

डिसी नेपाल
४ असोज २०७६ ११:४४

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा आज चार खेल हुँदैछ । शनिबार ला लिगामा साविक विजेता बार्सिलोना, एट्लेटिको मड्रिड लगायतका क्लबले प्रतिस्पर्धा गर्ने छन् । यस सिजन उत्कृष्ट सुरुवात गर्न नसकेको बार्सिलोनाले पाँचौ खेलमा ग्रानडासँग खेल्दैछ । ग्रानडाको मैदानमा हुने खेल राति १२ः४५ बजे सुरु हुनेछ ।

ग्रानडाविरुद्ध मैदान उत्रदा बार्सिलोना तेस्रो जितको खोजीमा हुनेछन् । तर, घरेलु टोलीविरुद्ध बार्सिलोनालाई सहज भने हुनेछैन। किनकी सिजनको सुरुवात मै चोटले सताएको बार्सिलोना लय समात्न संघर्षरत रहेको छ ।

ग्रानडाविरुद्धको खेलमा कप्तान लियोनल मेस्सी मैदान फर्कने सम्भावना कम रहेको छ । सिजनको सुरुवातमा चोट बोकेका मेस्सी पूर्व फिट देखिएका छैनन् । तर, प्रशिक्षक अर्नेस्टोले मेस्सी मैदान फर्कने सम्भावना रहेको बताएका छन् ।

मेस्सी अनुपस्थित भएपनि बार्सिलोनालाई लुइस स्वारेज, युवा स्टार अन्सु फाती, एन्टोनियो ग्रीजम्यान लगायतका खेलाडीको साथ रहनेछ । बार्सिलोना ४ खेलमा ७ अंक जोडेर पाँचौ स्थानमा रहेको छ । बार्सिलोना जित निकाल्दै शीर्ष तीनमा पुग्ने योजनामा हुनेछ ।

ग्रानडा ४ खेलमा ७ अंक जोडेर छैटौं स्थानमा छ । घरेलु मैदानमा बार्सिलोनालाई हराएर ग्रानडा पनि शीर्ष तीनमा पुग्न चाहन्छ । ला लिगा अन्तर्गत नै एट्लेटिकोले सेल्टा भिगोसँग खेल्नेछ । घरेलु मैदानमा एट्लेटिको जित निकाल्दै शीर्ष स्थानमा उक्लन चाहन्छ । ४ खेलमा ९ अंक जोडेको एट्लेटिको दोस्रो स्थानमा छ ।

यस्तै अन्य खेलमा लेभान्टेले इबर र भिल्ला रियलले रियल भालाडोलिटसँग खेल्नेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *