राष्ट्रसंघको महासभामा सहभागी हुन परराष्ट्रमन्त्री ज्ञवाली आज न्यूयोर्क जाँदै

डिसी नेपाल
४ असोज २०७६ १२:०४

काठमाडौँ । राष्ट्र संघको महासभामा सहभागी हुन परराष्ट्र मन्त्री प्रदीप कुमार ज्ञवाली आज शनिबार अमेरिकाको न्यूयोर्क जाँदै छन् ।

राष्ट्र संघको ७४औं महासभामा सहभागी हुन मन्त्री ज्ञवाली शनिबार राति साढे ९ बजे न्यूयोर्क जान जाने र असोज १४ गते स्वदेश फर्कने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

स्वास्थ्यका कारण महासभामा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी नहुने भएपछि परराष्ट्र मन्त्री ज्ञवालीले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्यूयोर्क जान लागेका हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *