राजनीतिक शुद्धिकरणका लागि युवा सक्रिय हुनुपर्छ : अध्यक्ष तिमिल्सिना

डिसी नेपाल
४ असोज २०७६ १९:३९

काठमाडौं। राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राजनीतिक शुद्धिकरणका लागि युवाहरुले चासो दिनुपर्ने बताएका छन्। ‘नेपाल युथ एसडीजी सम्मिट’को शनिबार काठमाडौंमा उद्घाटन गर्दै अध्यक्ष तिमिल्सिनाले देश र समाज परिवर्तका लागि राजनीतिमा युवालाई चासो दिन आग्रह गरे।

‘लामो राजनीतिक आन्दोलन र अभियानपछि देश स्थिरतातर्फ अगाडि बढेको छ,’ अध्यक्ष तिमिल्सिनाले भने, ‘अब राजनीति र समाजलाई शुद्धिकरण गर्दै देशलाई समृद्धितर्फ अगाडि बढाउन युवा सक्रियता आवश्यक छ ।’

नेपाल जस्तो सुन्दर र प्राकृतिक रुपमा विविधतापूर्ण देश गरीब हुनु बिडम्वनापूर्ण भएको बताउँदै तिमिल्सिनाले देश विकासका लागि नेतृत्व लिन युवालाई आग्रह गरे। ‘अहिले देशमा तीन पुस्ता सक्रिय छ, पहिलो २०४६ अगाडिको पुस्ता, जसले स्वतन्त्रता र प्रजातन्त्रका लागि लड्यो । दोस्रो पुस्ताले विभिन्न संघर्षमार्फत निरंकुश राजतन्त्रको अन्त्य गर्दै गणतन्त्र स्थापना गराउन सफल भयो,’ उनले भने, ‘त्यसपछिको युवा पुस्ताले अहिलेसम्म हासिल उपलब्धीलाई संस्थागत गर्दै देशलाई समृद्ध बनाउनका लागि नेतृत्व गर्ने हो ।’

अधिकांश युवाको उपस्थिति रहेको कार्यक्रममा अध्यक्ष तिमिल्सिनाले देशलाई गाली गर्दै युवा विदेश पलायन हुने क्रम नरोकिएमा देश नबन्ने दाबी गरे। ‘राजनीति गरेर चुनाव नै लड्नुपर्छ भन्ने होइन । कुन दललाई समर्थन गर्ने भन्ने पनि व्यक्तिको रोजाइ हो । तर, राजनीतिप्रति चासोचाहीँ राख्नुस्,’ उनको सुझाव थियो ।

दिगो विकास लक्ष्य घोषणाको चौथो वर्ष पुगेको अवसरमा आयोजित समिक्षात्मक कार्यक्रममा उपस्थित युवालाई अध्यक्ष तिमिल्सिनाले भावनात्मक भएर प्रतिक्रिया दिने वा निर्णय गर्ने नभई गहिरो छलफल गरेर निष्कर्समा पुग्न आग्रह गरे।

दिगो विकासका लक्ष्यहरु नेपालको राष्ट्रिय लक्ष्य भएको बताउँदै उनले त्यसका लागि संसद, तीन तहका सरकार र सबै यससँग सम्बद्ध संस्था सक्रिय हुन आवश्यक रहेको धारणा राखे।

युथ एड्भोकेसी नेपाल र नेपाल एसडीजी फोरमको संयोजन, राष्ट्रिय योजना आयोग, युनेस्को, भीएसओ नेपाल, एक्सन एड नेपालको सहकार्य र २५ भन्दा बढी गैरसरकारी संस्थाको आयोजनामा शुरु भएको कार्यक्रम एक सातासम्म चल्ने युथ एड्भोकेसी नेपालका अध्यक्ष नरेन खतिवडाले जानकारी दिए।




प्रतिक्रिया

One thought on “राजनीतिक शुद्धिकरणका लागि युवा सक्रिय हुनुपर्छ : अध्यक्ष तिमिल्सिना

  1. Onlinekhabar न्यूज :- ” नेपालको झण्डा परिबर्तन हुदैन ” भनेर :- हाम्रो भनाइ :- नेपालको झण्डा परिबर्तन हुदैन , तर त्यहां एउटा कुरा परिबर्तन गर्ने परनि छ :- उल्टो भको रहिच ( माथि सूर्य हुन परनि , तल पो रहिच , त्यो गलत , एकदम गलत ) (१) पत्रकार जिउहरु , सम्बंधित ठाउमा यो कुरा पुर्याउनु होला :- नेपालको झण्डामा , माथि सूर्य , तल चन्द्र, सुल्टो हुन परेयो। (2) नेपाली मिति २०४० सालमा पनि त्यो सच्याउन ( सुल्टो :- माथि सूर्य , तल चन्द्र ) लागेको थिए रे , तर , तेतीबेला कुरो नबुझेर हो या के हो , गर्न दिएनन अरे :- जे कुराको पनि , समय आउछ भन्थेयो , हो की क्या हो ? अहिले ढीला नगरीकन सच्याउने। उल्टो हुनाले अलच्छिन लागेकी के भयो भयो ? (4) सुल्टै गर्ने नि , किन उल्टो तीर भोगने ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *