टी–ट्वान्टी वरियतामा नेपाल यथावत

डिसी नेपाल
४ असोज २०७६ २१:५३

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले जारी गरेको पछिल्लो टी–ट्वान्टी वरियतामा नेपाल यथास्थानमा रहेको छ।

आईसीसीले पछिल्लो पटक अपडेट गरेको टी–ट्वान्टीको नयाँ वरियतामा नेपाल यथावत रहदै ११ औं स्थानमा रहेको छ । अघिल्लो महिना पनि नेपाल ११ औं स्थानमै रहेको थियो ।

नयाँ वरियता अनुसार नेपालले १४ खेलबाट २०१ रेटीङ अंक पाएको छ । नेपालले दुई महिनाअघि मलेसियासँगको दुई खेलको टी–ट्वान्टी र सिंगापुरमा सम्पन्न आईसीसी टी–ट्वान्टी विश्वकप छनोट अन्तर्गतको एसिया फाइनल खेलेपछि अन्य खेल खेलेको छैन । त्यसैले नेपालको वरियतामा घटबढ भएको छैन ।

एसोसियट राष्ट्र मध्यको टी–ट्वान्टी वरियतामा नेपाल शीर्ष स्थानमा रहेको छ । नेपालपछि स्कटल्याण्ड रहेको छ । यस्तै नेपाल भन्दा तल दुई टेष्ट राष्ट्र जिम्बावे र आयरल्याण्ड रहेका छन् ।

टीट्वान्टी वरियताको शीर्ष स्थानमा पाकिस्तान र दोस्रोमा इंग्ल्याण्ड यथावत रहेका छन् । एक स्थान सुधार गरेको भारत तेस्रो र अष्ट्रेलिया चौंथो स्थानमा उक्लिएका छन् । दक्षिण अफ्रिका पाँचौं स्थानमा झरेको छ ।

एकदिवसीय वरियतामा नेपाल १६ औं स्थानमा रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *