कर्णाली-काठमाडौ साझा मन्च आवद्ध १० जिल्ला संयोजक चयन

डिसी नेपाल
४ असोज २०७६ २२:४२

काठमाडौं । कर्णाली प्रदेशवाट काठमाडौ उपत्यकामा वसोवास गरिरहेका साझा अभियन्ताहरु सम्मिलित साझा मन्चले पूर्णता पाएको छ ।
कर्णाली प्रदेशका १० जिल्लाका साझा मन्च संयोजकहरु घोषणा गर्न आयोजित समारोहमा पार्टीका केन्द्रीय संयोजक रवीन्द्र मिश्रले नव नियुक्त संयोजकहरुलाई माटोको टिका लगाएर पदस्थापन गरेका हुन ।

कर्णाली प्रदेश अन्तर गतका १० वटै जिल्लाका जिल्ला काठमाडौं साझा मंच का संयोजक घोषणा भएको छ ।

भेलाले जुम्लामा राज बहादुर रोकाया, दैलेखमा ज्ञानेन्द्र शाही, कालीकोटमा प्रकाश विष्ट, हुम्लामा भिम बहादुर फडेरा, जाजरकोटमा अर्जुन रोकाया, सुर्खेतमा कल्पना पन्त, रूकुममा प्रदिप मल्ल, डोल्पामा पूर्ण हमाल र सल्यानमा पुरन रेउले क्षेत्रीलाई साझा सम्पर्क मन्चको संयोजक चयन गरेको हो ।

घोषणा समारोहमा कर्णाली प्रदेश संयोजक गेहेन्द्र दाहाल, ३ नं प्रदेश संयोजक समिक्षा वाँस्कोटा,१ नं प्रदेश संयोजक अनिल भेटवाल, केन्द्रीय सदस्य प्रकाशचन्द्र परियार, अब्दुश मिया, केशब दाहाल, नारायण कोईराला लगायतले शुभकामना मन्तब्य व्यक्त गरेका थिए ।
यस अघिनै कर्णाली काठमाडौ साझा मन्चको संयोजकमा पवन मल्ल चयन भईसकेका छन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *