टोटेनहमको नमिठो हार

डिसी नेपाल
४ असोज २०७६ २३:११

एजेन्सी । इन्ग्लिश प्रिमियर लिग फुटबलमा टोटेनहम पराजित भएको छ । शनिबार भएको खेलमा टोटेनहम लेष्टर सिटीसँग २–१ ले पराजित भएको हो।

लेष्टरको मैदानमा सुरुवाती अग्रता जोगाउन नसक्दा टोटेनहमले हार व्यहोरेको हो । खेलको २९ औं मिनेटमा ह्यारी केनले गोल गर्दै टोटेनहमलाई अग्रता दिलाएका थिए ।

तर, दोस्रो हाफमा लेष्टरले दुई गोल गर्दै जित निकाल्यो । खेलको ६९ औं मिनेटमा रिकार्डो पेरिराले गोल गर्दै लेष्टरलाई खेलमा फर्काए । त्यसपछि खेलको ८५ औं मिनेटमा जेम्स म्याडीसनले गोल गर्दै लेष्टरलाई २१ को जित दिलाए ।

यो हारसँगै टोटेनहमले दोस्रो स्थानमा उक्लने मौका गुमाएको छ । टोटेनहमले ५ खेलमा ८ अंक जोडेको छ ।

लेष्टर भने लिगको दोस्रो स्थानमा उक्लिएको छ । लेष्टरले ११ अंक जोडेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *