बार्सिलोनाको निराशाजनक हार, ग्रानडा शीर्ष स्थानमा

डिसी नेपाल
५ असोज २०७६ ५:५६

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले निराशाजनक नतिजा ब्यहोरेको छ । शनिबार राति भएको खेलमा ग्रानडासंग बार्सिलोना २–० गोल अन्तरले पराजित भएको छ ।

घरेलु मैदानमा ग्रानडाले दोस्रो मिनेटमा रोमन अजिजको हेड गोलबाट अग्रता लिएको थियो । ६६ औ मिनेटमा अल्भारो भाडिलोले पेनाल्टीमा गोल गर्दै टोलीको जित निश्चित गरेका थिए ।

दोस्रो हाफमा बार्सिलोनाका प्रशिक्षक इर्नेस्टो भाल्भर्डेले लियोनल मेस्सी र अंशु फातीलाई मैदानमा उतारेका थिए । तर दुई महत्वपुर्ण खेलाडी मैदान उतारेपनि बार्सिलोनाले हार टार्न सकेन ।

बार्सा क्लब शीर्ष स्थानको ग्रानडा भन्दा तीन अंकले पछाडी छ । एट्लेटिको मड्रिडले सेल्टा डी भिगोसंग गोल रहित बराबरी खेल्दै शीर्ष स्थानमा उक्लिने मौका गुमायो ।

स्पेनिस लिगको नवप्रवेशी क्लब ग्रानडा बार्सिलोनालाई हराउँदै स्पेनिस लिगको शीर्ष स्थानमा उक्लिएको छ । ग्रानडाले ५ खेलबाट १० अंक बटुलेका छ । बार्सिलोना ७ अंक सहित तालिकाको सातौ स्थानमा छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *