रोनाल्डोको गोलमा युभेन्ट्सको संघर्षपूर्ण जित

डिसी नेपाल
५ असोज २०७६ ६:१८

एजेन्सी । इटालियन सिरी ए फुटबलमा साविकको विजेता युभेन्ट्सले संघर्षपूर्ण जित निकालेको छ । शनिबार राति भएको खेलमा युभेन्ट्सले १० खेलाडीमा सिमित हेलास भेरोनालाई २–१ गोल अन्तरले हराएको हो ।

घरेलु मैदानमा युभेन्ट्सलाई जित दिलाउन आरोन रामसे र क्रिस्टियानो रोनाल्डोले एक एक गोल गरे । भेरोनाका मिगुएल भेलेसोले एक गोल गरे । एलिनाज स्टेडियममा एक गोलले पछि परेको स्थिति उल्टाएर युभेन्ट्सले जित निकालेको हो ।

खेलको २० औं मिनेटमा मिगुएलले गोल गर्दै भेरोनालाई अग्रता दिलाएका थिए । तर, ३१ औं मिनेटमा आरोनले गोल गर्दै युभेन्ट्सलाई १–१ गोलको बराबरीमा फर्काए ।

त्यसपछि खेलको ४९ औं मिनेटमा रोनाल्डोले पेनाल्टीमा गोल गर्दै युभेन्ट्सलाई २–१ को जित दिलाए । यस्तै खेलको ९० औं मिनेटमा माराशले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाउँदा भेरोना १० खेलाडीमा समेटिएको थियो ।

जितसँगै युभेन्ट्सले ४ खेलबाट १० अंक जोडेको छ । युभेन्ट्स शीर्ष स्थानमा समेत उक्लिएको छ। पराजित भेरोना ४ अंक जोडेर १२ औं स्थानमा छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *