नेकपाले ६ महानगरमा टुँगो लगायो अध्यक्ष र सचिव (नामसहित)

डिसी नेपाल
५ असोज २०७६ ७:००

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले छ वटा महानगरपालिकामा पार्टीको अध्यक्ष र सचिवको टुँगो लगाएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको सचिवालय बैठकले काठमाडौँ महानगरपालिकाको अध्यक्षमा निर्मल देउला र सचिवमा रवीन्द्र श्रेष्ठ तथा ललितपुर महानगरको अध्यक्षमा मञ्जली शाक्य र सचिवमा ज्ञानेन्द्र शाक्यलाई चयन गरेको हो।

त्यसैगरी पोखरा महानगरको अध्यक्षमा दीपक पौडेल र सचिवमा विश्वप्रकाश लामिछाने, भरतपुर महानगरको अध्यक्षमा रामप्रसाद न्यौपाने र सचिवमा ईश्वर सापकोटा, वीरगञ्ज महानगरको अध्यक्षमा रहबर अन्सारी र सचिवमा डा. विश्वम्भर शर्मा तथा विराटनगर महानगरमा अध्यक्ष सागर थापा र सचिवमा हेम कार्कीलाई मनोनय गरिएको बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

साङ्गठनिक एकतासँग बाँकी रहेका विषय छिट्टै बस्ने सचिवालय बैठकले टुङ्गो लगाउने प्रवक्ता श्रेष्ठले बताए । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *