पाकिस्तानबाट भागेर अमेरिका पुग्ने गुलालाई के हुन्?
बीबीसी। सेना विरुद्ध आवाज उठाउने पाकिस्तानी मानवअधिकारवादी कार्यकर्ता महिनौंसम्म लुकेपछि पाकिस्तान छोडेर अमेरिका पलायन हुनु परेको छ।
पाकिस्तानी मानवअधिकारवादी कार्यकर्ता गुलालाई इस्माइल अहिले अमेरिकमा छिन्। इस्माइल पाकिस्तानी सरकारको निसानामा थिइन्। र उनी आफूमाथि लगाएको यात्रा प्रतिबन्धबाट बच्दै देश छोडेर अमेरिका माग्न सफल भएकी बीबीसीले जनाएको छ।
पाकिस्तानमा इस्माइलमाथि ‘राज्य विरुद्ध गतिविधि’ र ‘हिंसा भडकाएको’ आरोप लगाइएको थियो। इस्माइलका अनुसार आफूलाई देश छोडेर भाग्न बाध्य पारियो। उनलाई पाकिस्तामाथि ज्यानको खतरा थियो। समाचार एजेन्सी एएफपीसँग कुरा गर्दै उनले भनिन्–यदि मलाइ जेलमा हालेर वर्षौंसम्म प्रताडित पारिन्थ्यो भने मेरो आवाज दब्थ्यो।’
उनका बुवा मुहम्मद इस्माइलले बीबीसी उर्दुसँग कुरा गर्दै इस्माइल विरुद्ध पाकिस्तानका अदालतमा ६ वटा मुद्दा गर्ता गरिएको छ।
३२ वर्षीयाा मानवअधिकारवादी कार्यकर्ताले इस्माइलले अहिले राजनीतिक शरणका लागि अनुरोध गरेकी छन्। अहिले उनी न्यूयोर्कमा आफ्नी बहिनीसँग बसिरहेकी छन्।
Facebook Comment