शाकिबको उत्कृष्ट ब्याटिङमा बंगलादेश विजयी

डिसी नेपाल
५ असोज २०७६ ८:४०

एजेन्सी । त्रिदेशीय टी–ट्वान्टी क्रिकेट सिरिज अन्तर्गत छैटौं खेलमा बंगलादेशले अफगानिस्तानलाई पराजित गरेको छ । शनिबार राति भएको खेलमा बंगलादेशले अफगानिस्तानलाई ४ विकेटले पराजित गरेको हो ।

ढाकामा अफगानिस्तानले दिएको १३९ रनको लक्ष्य बंगलादेशले १९ ओभरमा ६ विकेट गुमाएर पुरा गर्यो । बंगलादेशको जितमा शकिब अल हसनले ७० रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै मुस्फिकुर रहिमले २६ तथा मोसाडेक होसेनले १९ रन बनाए । अफगानिस्तानका राशिद खान र नभिन उल हकले २–२ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले २० ओभरमा ७ विकेट गुमाएर १३८ रन बनाएको थियो । अफगानिस्तानका लागि हाज्रातउल्लाह जाजईले ४७ तथा रहमानउल्लाह गुर्बाजले २९ रन जोडे । बंगलादेशका आफिफ होसेनले २ विकेट लिए ।

अफगानिस्तानलाई हराएसँगै बंगलादेश शीर्ष स्थानमा रहेर सिरिजको फाइनलमा पुगेको छ । अब बंगलादेशले फाइनलमा अफगानिस्तानसँग नै खेल्नेछ । अफगानिस्तान दोस्रो स्थानमा रहदै फाइनल पुगेको हो । तीन राष्ट्रबीचको सिरिजमा बंगलादेशले ४ खेलमा ६ अंक जोडेको छ । अफगानिस्तानको ४ खेलमा ४ अंक छ । ४ खेलमा जिम्बावेले २ अंक जोड्यो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *