थ्री स्टार क्लबले बंगलादेशमा हुने फुटबलमा सहभागिता जनाउने

डिसी नेपाल
५ असोज २०७६ १२:०३

काठमाडौं । ‘ए’ डिभिजन क्लब थ्री स्टारले बंगलादेशमा आयोजना हुने शेख कमल अन्तर्राष्ट्रिय क्लब कप फुटबलमा सहभागिता जनाउने भएका छन् । थ्री स्टारले आइतबार राजधानीमा भएको क्लबको वार्षिक अधिवेशनको दौरान प्रतियोगिता खेल्ने जानकारी गराएको हो ।

बंगलादेश फुटबल फेडेरेसनको आयोजनामा हुने प्रतियोगिता आगामी कात्तिक २ देखि १३ गते सम्म चितागोङमा हुनेछ । यस प्रतियोगिता तेस्रो संस्करणको हुनेछ । एमए अजिज स्टेडियममा हुने प्रतियोगितामा ८ टोलीको सहभागिता रहने छ ।

प्रतियोगितामा थ्री स्टारसहित बंगलादेशको चितागोङ अबहानी, बसुन्धरा किङ्स, ढाका अबहानी, भारतको मोहन बगान, मोहमादेन स्पोर्ट्स क्लब र माल्दिभ्सको टीसी स्पोर्ट्सले प्रतिस्पर्धा गर्ने छन् । गत संस्करणमा नेपालबाट मनाङ मर्स्याङ्दीले प्रतिस्पर्धा गरेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *