क्यानडाको संसद भवनमा नेपालीले मनाए नेपाल डे

डिसी नेपाल
५ असोज २०७६ १३:४०

टोरोन्टो । नेपालको चौथो संघीय लोकतान्त्रिक संविधान दिवसको अवसर पारेर क्यानडाको टोरोन्टोमा नेपालीहरुले नेपाल डे मनाएका छन् । टोरोन्टोको क्विन्सपार्कस्थित प्रान्तिय संसद भवनमा नेपाल डे मनाइएको हो ।

क्यानडाको प्रोगेसिभ कन्जरभेटिभ पार्टीको संसदिय दलको सभाहलमा आयोजित विशेष कार्यक्रममा स्थानिय सांसद तथा विभिन्न नेपाली संस्थाका प्रतिनिधिहले नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्नमा जोड दिए।

एनआरएनए क्यानडाको अगुवाइमा भएको कार्यक्रममा संघका अध्यक्ष चिरन्जिवी घिमिरेले विश्वकै सुन्दर देश नेपाल एक पटक भ्रमण गरिदिन आग्रह गरेका थिए।

त्यस्तै  कार्यक्रममा क्यानडाका लागि नेपाली अवैतनिक महावाणिज्य दूत डा. कुन्जर शर्मा, कन्सर्न नेपालका संयोजक डा. तुल्सी धरेल लगायतले नेपालको संविधान र नेपालको वर्तमान अवस्थाका बारेमा संक्षिप्त जानकारि गराएका थिए।

कन्जरभेटिभ पार्टीका सांसद दिपक आनन्दले सर्वोच्च शिखरल सगरमाथा रहेको नेपाल विश्वकै सुन्दर देश भएकाले पनि एक पटक भ्रमण गर्न सवैलाई आग्रह गरे।आफू नेपाली समुदायसंग धेरै घुल मिल भएकाले पनि नेपालकाविषयमा आफू जानकार रहेको भन्दै उनले नेपाल भ्रमण वर्ष २०२० लाई  सफल पार्न आफूले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएको एनआरएनए क्यानाडाका मिडिया संयोजक बद्री तिमल्सिनाले डिसी नेपाललाई जानकारी दिए।

उक्त कार्यक्रमको एनआरएनए क्यानडाका महासचिव पिताम्वर भट्टराईले गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *