ट्राफिक प्रहरीभित्र अनियमितता भएको छैन : महानिरीक्षक खनाल

डिसी नेपाल
५ असोज २०७६ १४:१२

काठमाडौं। प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले ट्राफिक प्रहरीम भित्र अनियमितता नभएको दावी गरेका छन्। प्रहरी महानिरीक्षक खनालले प्रहरी संगठन भित्र पनि सुशासनलाई जोड दिइएको उल्लेख गर्दै कहीँकतै अनियमितता भएको पाइए कडा कार्वाही गर्ने चेतावनी दिए।

आइतबार १५ दिन ट्राफिक स्वायम्सेवक परिचालन कार्यक्रममा बोल्दै उनले मुलुकलाई समृद्ध बनाउने सरकारको अभियानलाई सफल बनाउन नेपाल प्रहरी कटिवद्ध भएर लागि परेको बताए।

प्रहरी महानिरीक्षक खनालले ट्राफिक व्यवस्थापनका लागि युवाहरुको परिचालनमा जोड दिने बताए। उनले चालू आर्थिक वर्षलाई ट्राफिक व्यवस्थापन अभियाननै रुपमा संचालन गरेर यातायात क्षेत्रमा देखिएका समस्या समाधान गर्ने प्रतिवद्धता व्यक्त गरे।

प्रहरी महानिरीक्षक खनालले ट्राफिक व्यवस्थापनका लागि नेपाल प्रहरीको भूतपूर्व संगठनहरु पनि स्वयम्सेवकको रुपमा परिचालन हुने अपेक्षा गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *