काँग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ। यही असोज १० गतेका लागि बैठक बोलाइएको पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिब कृष्ण प्रसाद पौडेलले जानकारी दिए।
काँग्रेसको गत केन्द्रीय समितिले पार्टीको नियामवली र निर्देशिका पारित गरेसँगै प्रदेश निर्वाचन क्षेत्र समिति बनेका छन्। पार्टी हिमाल, पहाड, तराई राष्ट्रिय जागरण अभियानमा छ। यी विषयमा पनि आगामी केन्द्रीय कार्यसमिति बैठकमा छलफल हुने काँग्रेस नेताहरुले बताएका छन्। यस्तै पार्टीका लथालिंग अवस्थामा रहेका भातृ संगठनबारे पनि छलफल हुने बताइएको छ।
तरुण दलमा देखिएको विवादबारे पनि छलफल हुने जनाइएको छ। यद्यपी आगामी बैठकबाट भातृ संस्थाबारे कुनै ठोस निर्णय हुने सम्भावना भने कम रहेको एक नेताले बताए। खास गरी राष्ट्रिय जागर अभियानका विषयमा बैठक केन्द्रित हुने जनाइएको छ।
Facebook Comment