कार्यालय समयमा समाजिक सञ्जाल चलाउन नपाइने

डिसी नेपाल
५ असोज २०७६ २०:४९

हटौंडा। जिल्ला समन्वय समिति मकवानपुरले आफ्ना मातहतका कार्यालयहरुमा कार्यालय समयमा सामाजिक सञ्जाल चलाउन बन्देज गर्ने निर्णय गरेको छ । समितिको ५०औँ बोर्ड बैठकले कर्मचारी तथा निर्वाचित जनप्रतिनिधले कार्यालय समयमा सामाजिक सञ्जाल चलाउन नपाउने निर्णय गरेको जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख खुलालले जानकारी दिए।

कार्यालय समयमा मोबाइल वा अन्य माध्यमबाट सामाजिक सञ्जालमा अल्मलिँदा महत्वपूर्ण समयको बर्बादीसँगै कार्यालय सञ्चालनमा समस्या आउने देखेर यस्तो निर्णय गरिएको उनले जानकारी दिए।

यसैबीच बैठकले विभिन्न चाडपर्वका अवसरमा आउँदो असोज १४ गते शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ । बैठकमा उपप्रमुख भगवती पुडासैनी, समन्वय अधिकारी कपिलप्रसाद उपाध्यायलगायत जिसस सदस्य एवम् कर्मचारीहरुको सहभागिता थियो । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *