एएफसी यू–१६ छनोट : श्रीलंकामाथि नेपालको शानदार जित

डिसी नेपाल
५ असोज २०७६ २२:४४

काठमाडौं । जोर्डनमा जारी एएफसी यू–१६ च्याम्पियनसिप छनोटको चौंथो तथा अन्तिम खेलमा नेपालले जित हात पारेको छ।

आइतबार भएको खेलमा नेपालले श्रीलंकालाई ३–० गोल अन्तरले हराएको हो । नेपालको जितमा मोहित गुरुङ, अनिल चौलागाई र जान लिम्बुले एक एक गोल गरे ।

जार्का सिटीस्थित प्रिन्स मोहम्मद अन्तर्राष्ट्रिय रंगशालामा ३६ औं मिनेटमा मोहितले गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाएका थिए ।

६४ औं मिनेटमा अनिलले गोल गर्दै नेपालको अग्रता दोब्बर बनाए। । त्यसपछि खेलको ८९ औं मिनेटमा कप्तान जानले गोल गर्दै नेपाललाई ३–० को सहज जित दिलाए ।

श्रीलंकालाई हराएसँगै छनोटमा नेपालले सान्त्वना जित निकालेको छ । समूह ए मा रहेको नेपालले ४ खेलबाट ४ अंक जोड्यो र लिगको चौंथो स्थानमा रहेर प्रतियोगिता सकाएको छ ।

श्रीलंका भने ४ खेलमा हार व्यहोर्दै घर फर्किएको छ । श्रीलंका पुछारमा समेत रह्यो ।

छनोटको शीर्ष टोलीले सन् २०२० मा आयोजना हुने च्याम्पियनसिपको दोस्रो चरणमा स्थान बनाउने छन् । यस समूहबाट आयोजक जोर्डन र ताजिकिस्तान शीर्ष स्थानको होडमा रहेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *