वेष्टह्यामसँग म्यानचेस्टर यूनाइटेड पराजित

डिसी नेपाल
५ असोज २०७६ २३:०७

एजेन्सी । इन्ग्लिश प्रिमियर लिग फुटबलमा म्यानचेस्टर यूनाइटेड पराजित भएको छ । आइतबार भएको खेलमा युनाइटेड वेष्ट ह्याम युनाइटेडसँग २–० ले पराजित भएको हो ।

वेष्टह्यामलाई जित दिलाउन एन्ड्रीय यार्मोलेन्को र आरोन क्रेसवेलले एक एक गोल गरे । लण्डन स्टेडियममा खेलको ४४ औं मिनेटमा यार्मोलेन्कोले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

त्यसपछि खेलको ८४ औं मिनेटमा क्रेसवेलले गोल गर्दै वेष्ट ह्यामलाई २–० को जित दिलाए । जितसँगै वेष्ट ह्याम लिगको चौंथो स्थानमा उक्लिएको छ । वेष्ट ह्यामले ६ खेलबाट ११ अंक जोडेको छ ।

पराजित युनाइटेडले ६ खेलमा ८ अंक जोडेको छ । युनाइटेड आठौं स्थानमा छ । लिगमा युनाइटेडको यो दोस्रो हार हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *