भारतमाथि दक्षिण अफ्रिकाको शानदार जित, सिरिज बराबर

डिसी नेपाल
५ असोज २०७६ २३:२८

नयाँ दिल्ली (एजेन्सी) । पाहुना टोली दक्षिण अफ्रिकाले तेस्रो तथा अन्तिम टी–ट्वान्टी क्रिकेटमा भारतलाई पराजित गरेको छ ।आइतबार राति भएको खेलमा दक्षिण अफ्रिकाले भारतलाई ९ विकेटले हराएको हो । जितसँगै तीन खेलको सिरिज पनि बराबर भएको छ।

आइतबार बैंगलोरमा भारतले दिएको १३५ रनको सामान्य लक्ष्य दक्षिण अफ्रिकाले १६ ओभर ५ बममा मात्र १ विकेट गुमाएर लक्ष्य पुरा गर्यो ।

दक्षिण अफ्रिकाको जितमा कप्तान क्विनटन डी ककले अविजित रहदै ७९ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै रिजा हेनड्रिक्सले २८ तथा टेम्बा भाबुमाले अविजित २७ रन जोडे ।

भारतका हार्दिक पाण्डयले एक विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ९ विकेट गुमाएर १३४ रन बनाएको थियो । भारतका लागि शिखर धवनले ३६ तथा ऋषब पन्त र रविन्द्र जडेजाले १९र१९ रन जोडे ।

दक्षिण अफ्रिकाका कागीसो राबडाले २ विकेट लिए । यस्तै ब्युरण हेनड्रिक्स र कार्ल फोर्टुनले २–२ विकेट लिए ।

यसअघि पहिलो खेल वर्षाको कारण नतिजा विहिन बनेको थियो । दोस्रो खेल भारतले ७ विकेटले जितेको थियो ।

अब दुई टोलीले तीन खेलको टेष्ट र तीन खेलको एकदिवसीय सिरिज खेल्नेछन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *