रियल मड्रिडको जीतमा बेन्जेमाको निर्णायक गोल

डिसी नेपाल
६ असोज २०७६ ११:००

काठमाडौँ । स्पेनिस ला लिगामा रियल मड्रिडले सेभिलामाथि जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा रियलले सेभिलालाई १-० गोल अन्तरले पराजित गरेको हो । रियल मड्रिडको जितमा करिम बेन्जमाले खेलको एक मात्र गोल गरेका हुन् ।

बेन्जमाले खेलको ६४औ मिनेटमा खेलको निर्णायक गोल गरेका थिए । डानी कार्भाजलले असिस्ट गरेको बलमा बेन्जमाले गोल गर्दै यस सिजनमा सेभिलाको अपराजित यात्रालाई रोकिदिएका छन् । बेन्जामाले यस सिजनमा ला लिगामा ५ खेलमा ५ गोल गरेका छन् ।

पछिल्लो च्याम्पियन्स लिग अन्तर्गतको खेलमा पिएसजीसँग लज्जास्पद हार बेहोरेको रियल ला लिगामा भने विजयी लयमा फर्किएको छ । रियल मड्रिड यो जितसहित ५ खेलमा ११ अंकसहित दोस्रो स्थानमा उक्लिएको छ भने सेभिला ५ खेलमा १० अंकसहित पाँचौ स्थानमा रहेको छ । ला लिगाको शीर्ष स्थानमा भने ५ खेलमा ११ अंकसहित एथलेटिक क्लब रहेको छ । रियलले अब अर्को खेल आगामी बुधबार ओसासुनासँग खेल्ने छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *