आज कति छ सुन-चाँदीको भाउ ? हेर्नुहोस् …

काठमाडौँ । शुक्रबार र आइतबार लगातार बढेको सुनको भाउ आज (सोमबार) भने स्थिर रहेको छ।
आज बजारमा छापावाल सुन प्रतितोला ७१ हजार ३ सय तथा तेजावी सुन प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यसअघि शुक्रबार र आइतबार सुन प्रतितोला ३ ३ सय रुपैयाँ बढेको थियो।
आज सुनको भाउ स्थिर रहेपनि चाँदीको भाउ भने बढेको छ । आज चाँदी प्रतितोला ८ सय ७५ रुपैयाँमा कारोबार भईरहेको छ। यसअघि चाँदी ८ सय ६५ रुपैयाँमा कारोबार भएको थियो।
काठमाडौँ र उपत्यका आसपासका केही स्थान बाहेकका जिलामा भने सुनचाँदीको भाउ केही बढी पर्न सक्ने छ।
प्रतिक्रिया
Facebook Comment