नेपाल आइडल ग्राण्ड फिनाले र विजेताको वल्र्ड टुर व्यवस्थापनको जिम्मा गृष्मा ब्रोडकास्टिङलाई

डिसी नेपाल
६ असोज २०७६ १२:२६

काठमाडौं। ‘नेपाल आइडल’को नयाँ सिजनको ग्राण्ड फिनाले व्यवस्थापनको जिम्मा ईभेन्ट अर्गनाइजर संस्था गृष्मा ब्रोडकास्टिङले लिएको छ। गृष्माले आगामी तीन वर्षका लागि ग्राण्ड फिनालेसंगै उत्कृष्ट ३ को विश्व भ्रमण व्यवस्थापनको जिम्मा लिएको हो।

आइतबार राजधानीमा गृष्मा ब्रोडकास्टिङ र एपी वान टेलिभिजनबीच आगामी तीन वर्षका लागि यस किसिमको सम्झौता भएको छ। सम्झौतापत्रमा एपिवान टेलिभिजनका एमडी लक्ष्मीप्रसाद पौडेल र गृष्मा ब्रोडकास्टिङका अध्यक्ष गृहेन्द्र घिमिरेले संयुक्त हस्ताक्षर गरेका हुन्। अब गृष्मा ब्रोडकास्टिङले ‘नेपाल आइडल सिजन ५’सम्म ग्राण्ड फिनाले र विजेताको विश्व भ्रमणको व्यवस्थापन गर्नेछ।

‘नेपाल आइडलसंग जोडिन पाउँदा हामी अत्यन्तै उत्साहित छौं । आफुलाई मन परेको, भोट गरेको नेपाल आइडललाई लाइभ हेर्ने इच्छा राख्नु भएका सम्पूर्ण दर्शकसमक्ष हामी कार्यक्रम लिएर आउनेछौ’ हस्ताक्षरपछि गृष्मा ब्रोडकास्टिङका गृहेन्द्रले भने –‘नेपाल आइडलको टप ३ को वल्र्ड टुरसंगै विजेताको एक वर्षसम्मको सम्पूर्ण दायित्व हाम्रो हुनेछ ।’

त्यस्तै सम्झौतापछि एपी वान टेलिभिजनका एमडी पौडेलले भने,– ‘नेपाल आइडलको पहिलो र दोस्रो सिजन अत्यधिक सफल भएको र आगामी सोलाई अझ व्यापक बनाउन गृष्मासँग सम्झौता गरिएको छ।’ नेपाल आइडल सिजन ३ आगामी कात्तिकबाट सुरु भएर फागुनको अन्तिमसम्म सम्पन्न हुने पौडेलले जानकारी दिए। अहिले ‘नेपाल आइडल सिजन ३’ को अडिसन चलिरहेको छ।

गृष्मा ब्रोडकास्टिङले नेपाल तथा विदेशमा विभिन्न इभेन्ट गर्दै आएको छ । पछिल्लो समय जापानमा ‘साकुरा नाइट’ गर्दै आएको यस कम्पनिले नेपालमा ‘सप्तरंग’ को सफलतापछि यसको दोस्रो सिजनलाई समेत आउँदो नोभेम्बरमा गर्ने भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *