पोखरा प्रिमियर लिग कात्तिक अन्तिम सातादेखि

डिसी नेपाल
६ असोज २०७६ १६:४४

काठमाडौं। दोस्रो संस्करणको पोखरा प्रिमियर लिग आगामी कात्तिक अन्तिम सातादेखि हुने भएको छ । लिग आयोजक क्विन्स इभेन्ट म्यानेजमेन्ट प्रालिले सोमबार यसको जानकारी दिएको हो । आयोजकका अनुसार अनुसार प्रतियोगिता कार्तिक २६ गतेदेखि मंसिर ७ गतेसम्म हुनेछ । लिग पोखरा क्रिकेट मैदानमा संचालन हुनेछ ।

लिगको दोस्रो संस्करणमा पनि नेपालका ६ सहरका ६ फ्रेञ्चाइज टिमहरुको सहभागिता रहनेछ। जसमा विराटनगर टाइटन्स, पोखरा पल्टन, बुटवल ब्लास्टर, चितवन राइनोज, काठमाडौं रोयल्स् र धनगढी ब्लुजको सहभागिता रहनेछ। टिममा नेपाली राष्ट्रिय क्रिकेट खेलाडीहरु तथा विदेशका चर्चित खेलाडी आबद्ध हुनेछन्। गत वर्ष घरेलु टिम पोखरा पल्टन च्याम्पियन भएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *