आगामी कात्तिकमा आयोजना हुँदै ‘बाह्रखरी एभरेष्ट गल्फ’

डिसी नेपाल
६ असोज २०७६ १८:२७

काठमाडौं । विश्वको सर्वाधिक उचाईमा आयोजना हुने बाह्रखरी एभरेष्ट गल्फ आगामी कात्तिकमा आयोजना हुने भएको छ।

बाह्रखरी मिडिया इभेन्ट्सले सोमबार पत्रकार सम्मेलन गर्दै बाह्रखरी एभरेष्ट गल्फ कात्तिक ३ र ९ गते आयोजना हुने जनाएको छ ।

नेपाल भ्रमण वर्ष २०२० को प्रवर्दन गर्ने उदेश्यले आयोजना हुने प्रतियोगिता सोलुखुम्बुको कोङ्दे री र गोकर्ण गल्फ क्लबमा हुनेछ । प्रतियोगिता अन्तर्गत पहिलो चरणमा कात्तिक ३ गते ४ हजार २५० मिटर उचाईको कोङ्दे रीमा प्रतिस्पर्धा हुनेछ।

जहाँ आयोजकले गोकर्ण गल्फ क्लबको सहयोगमा वान होल गल्फ कोर्स तयार भईरहेको जनाएको छ । यो विश्वकै सबैभन्दा अग्लो स्थानमा भएको गल्फ प्रतियोगिता हुने आयोजकले जनाएको छ ।

जुन विश्व कीर्तिमान समेत हो । सगरमाथा क्षेत्र कोङ्दे रीमा ४० बढी कर्पोरेट गल्फरले १ पार ३ कोर्समा प्रतिस्पर्धा गर्ने छन्। बाँकी रहेको १७ होलको खेल गोकर्ण गल्फ कोर्समा खेलाडीले प्रतिस्पर्धा गर्ने छन् ।

दोस्री चरणमा अन्य खेलाडी पनि सहभागी हुनेछन् । दुई चरणमा गरि करिब १०० गल्फरले सहभागिता जनाउने छन् । प्रतियोगिताको विजेताले गोल्डेन बल प्राप्त गर्ने छन्। यस्तै आकर्षक पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ।

नेपाल भ्रमण वर्षको पूर्वसन्ध्यामा हुन लागेको बाह्रखरी गल्फका लागि भारत, चीन, अमेरिका, सिंगापुर, श्रीलंका, हङकङ, बेलायतलगायत राष्ट्रका पत्रकार आमन्त्रण गरिएको आयोजकले जनाएको छ ।

यस्तै बीबीसी, सिएनएन, रोयटर्स, एपी, एएफपी, ब्लुमवर्ग लगायतका अन्तराष्ट्रिय समाचार संस्थालाई बोलाइएको आयोजकले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *