अग्रता जोगाउन नसक्दा विमलको टिम टिसी बराबरीमा रोकियो

डिसी नेपाल
७ असोज २०७६ ६:२८

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल घर्ति मगर रहेको टिसी स्पोर्टस क्लबले माल्दिभ्सको धिवेही प्रिमियर लिगमा बराबरी खेल्दै अंक बाडेको छ ।

सोमबार राति भएको खेलमा टिसीले फोकाइधो एफसीसंग १–१ गोलको बराबरीमा खेलेको हो । खेलमा सुरुवाती अग्रता जोगाउन नसक्दा टिसीले बराबरी खेलेको हो ।

खेलको ३५ औं मिनेटमा इब्राहिम आइसामले गोल गर्दै टिसीलाई अग्रता दिलाएका थिए । तर, खेलको ६० औं मिनेटमा मोस्ताफा मोहमदले गोल गर्दै खेल बराबरी ल्याएका थिए ।

फोकाइधोविरुद्ध विमल सुरुवाती–११ मै खेलेका थिए । यसै सिजन टिसी आएका विमलले पुरै समय मैदान बिताएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *