आजको विनिमयदरः कुवेती दिनार बाहेक सबै देशको भाउ घट्यो

काठमाडौं । आज (मंगलबार) कुवेती दिनार बाहेक सबै देशको भाउ ओरालो लागेको छ । आज अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ २० पैसा रहेको छ भने बिक्रिदर ११३ रुपैयाँ ८० पैसा रहेको छ।
त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १४० रुपैयाँ ९० पैसा र बिक्रिदर १४१ रुपैयाँ ६४ पैसा रहेको छ। साउदी रियाल एकको खरिददर ३० रुपैयाँ १८ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ३४ पैसा रहेको छ। त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ८ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ २५ पैसा रहेको छ।
युएई दिराम एकको खरिददर ३० रुपैयाँ ८२ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ९८ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ ९ पैसा तथा बिक्रिदर २७ रुपैयाँ २३ पैसा रहेको छ।
कुवेती दिनार एकको खरिददर ३७२ रुपैयाँ ७२ पैसा तथा बिक्रिदर ३७४ रुपैयाँ ७० पैसा रहेको छ । बहराईन दिनार एकको खरिददर ३ सय रुपैयाँ २५ पैसा तथा बिक्रिदर ३ सय १ रुपैयाँ ८५ पैसा रहेको छ।
राष्ट्र बैंकले तोकेको अन्य देशको विनिमयदर
Facebook Comment