सीपीएलमा सन्दिपको घातक बलिङ, लिए दुई विकेट

डिसी नेपाल
७ असोज २०७६ ६:४०

काठमाडौं । नेपाली लेग स्पिनर सन्दीप लामिछानेले क्यारेबियन प्रिमियर लिग (सीपीएल)मा घातक बलिङ गर्दै दुई विकेट लिएका छन् ।

बार्बाडोस ट्रिडेन्ट्सका लागि मैदानमा उत्रिएका सन्दीपले मंगलबार बिहान भएको खेलमा जमैका ताल्लावाह विरुद्ध दुई विकेट लिएका हुन् । ४ ओभर बलिङ गरेका सन्दीपले मात्र १७ रन खर्चिएर दुई विकेट हात पारे ।

सन्दीपले जमैकाका कप्तान चाडविक वाल्टनलाई १३ र ड्वायन स्मिथलाई एक रनमा आउट गरे । टस हारेर पहिले ब्याटिङ गरेको जमैकाले २० ओभरमा सबै विकेट गुमाएर १२७ रन बनाएको छ। जवाफमा बार्बाडासले ५ ओभर सकिँदा २७ रन बनाएर एक विकेट गुमाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *