रोहितको टिम जकार्ता विजयी

डिसी नेपाल
७ असोज २०७६ ७:४१

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका मिडफिल्डर रोहित चन्द रहेको पर्सिजा जकार्ताले इन्डोनेसियन लिगा वानमा जित निकालेको छ ।

सोमबार भएको खेलमा जकार्ताले बारिटो पुटेरालाई १–० गोल अन्तरले पराजित गरेको हो । जकार्ताको जितमा हेरी सुसान्तोले ५३ औं मिनेटमा निर्णायक गोल गरे । पुटेराविरुद्धको खेलमा रोहितले पुरै ९० मिनेट मैदानमा बिताएका थिए ।

साविकको विजेता समेत रहेको जकार्ताले जितसँगै १८ खेलबाट २० अंक जोडेको छ । र, जकार्ता लिगको १३ औं स्थानमा उक्लिएको छ । २० खेलमा १६ अंक जोडेको पुटेरा रेलिगेसन जोनमा रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *