फिफा वर्ष टिममा नेयमार अटाएनन्

डिसी नेपाल
७ असोज २०७६ ९:३६

एजेन्सी । विश्व फुटबलको सर्वोच्च निकाय फिफाको वर्ष टिम फिफा–११ मा ब्राजिलियन स्टार नेयमार पर्न असफल भएका छन् । फिफाले वर्ष खेलाडी अवार्ड कार्यक्रमको दौरान सार्वजनिक गरेको फिफा वर्ष टिममा पेरिस सेन्ट जर्मेन (पीएसजी) का नेयमार नअटाएका हुन् ।

फिफाको वर्ष टिमको फरवार्डमा वर्ष खेलाडी घोषित अर्जेन्टिनाका लियोनल मेस्सी, पोर्चुगलका क्रिस्टियानो रोनाल्डो र फ्रान्सका केलियन एमबाप्पे परेका छन् । यस्तै मिडफिल्डरमा लुका मोड्रीच, इडेन हजार्ड र डी जोङ् रहेका छन् । डिफेन्डरमा सर्जियो रामोस, मार्सेलो, डी लिग्ट, भान डाइक परेका छन् । गोलकिपरमा एलिसन बेकर रहेका छन् ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *