अन्तरवार्तामा रोनाल्डोलाई प्रश्न – ‘ओभरहेड गोलमा धेरै आनन्द कि जर्जिनासँग सम्भोगमा?’

डिसी नेपाल
७ असोज २०७६ १०:१०

काठमाडौं। पोर्चुगिज फुटबल स्टार क्रिस्टियानो रोनाल्डोले हालै आइटिभीलाई एउटा लामो अन्तरवार्ता दिए । अन्तरवार्तामा उनले आफ्नो जीवनकथाबारे कुरा गरे जहाँ उनले २०१७–०१८ सिजनमा च्याम्पियन्स लिगमा युभेन्टसविरुद्ध रियल मड्रिडका लागि गरेको चर्चित ओभरहेड गोलबारे पनि कुरा गरे । रोनाल्डो अहिले युभेन्टसमै भएकोले पनि अन्तरवार्तामा आएको यो प्रसंग चर्चामा आयो ।

रोनाल्डोले यो आफ्नो लागि निकै विशेष पल भएको बताए । उनले आफू लामो समयदेखि यस्तो गोल गर्न प्रयासरत रहेको बेला यस्तो गोल गर्न सफल भएकोमा निकै आनन्दित भएको बताए । ‘मैयो यो गोल गर्न धेरै वर्षदेखि प्रयास गरिरहेको थिएँ’ उनले आइटिभीका पियर्स मोर्गनसँग कुरा गर्दै भने ‘मैले ७०० फरक फरक किसिमका गोल गरेको छु तर त्यतिबेलासम्म यो गोल गर्न सकेको थिइन ।’

‘मैले गियानलुइगी बुफोनविरुद्ध जुन तरिकाले जम्प गरें र जसरी गोल गरें त्यो च्याम्पियन्स लिगको क्वाटर फाइनलमा विशेष रह्यो’ रोनाल्डोले भने ‘सम्भवतः मैले फुटबलमा देखेका गोलहरुमध्ये यो उत्कृष्ट गोल थियो ।’ पियर्स मोर्गनले यही बेला रोनाल्डोसँग सोधे कि यो गोलमा सम्भोगमा भन्दा बढी आनन्द आएको थियो होला ? ‘होइन’ रोनाल्डोले जवाफ दिए ‘मेरी जियोसँगजस्तो (जर्जिना रोड्रिगुएज) थिएन ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *