कक्षा ११ को परीक्षाफल प्रकाशित

डिसी नेपाल
७ असोज २०७६ ११:२८

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षाफल प्रकाशित गरेको छ । बोर्डले गत वैशाख जेठ महिनामा लिएको परीक्षाको परीक्षाफल आज मंगलबार बिहानै प्रकाशित गरेको हो ।

बोर्डको आज (मंगलबार) बसेको बैठकपछि परीक्षाफल प्रकाशित गरिएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा. डा. चन्द्रमणी पौडेलले बताएका छन् । बिध्यार्थीले भने १२ बजेपछि परीक्षाफल हेर्न सक्नेछन् ।

विद्यार्थीले http://www.neb.gov.np, www.neb.ntc.net.np मा गएर हर्न सक्नेछन् ।

देशभरबाट पाँच लाख नौ हजार परीक्षार्थी सहभागी थिए । बोर्डले यसवर्ष कक्षा १२ र ११ दुवै कक्षाको परीक्षाफल विगतका वर्षहरुभन्दा अगाडि नै प्रकाशित गरेको हो ।

परीक्षा बोर्डको सूचना




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *