‘स्वच्छ मासु’ खाने सन्देशको पोस्टर भाइरल हुँदा पशुसेवा विभागलाई तनाव !

काठमाडौं। पछिल्लो समय सामाजिक संजालमा एउटा पोस्टर भाइरल भइरहेको छ । यो पोस्टरमा ‘वधशालादेखि भान्सासम्म स्वच्छ र स्वस्थ मासु’ भन्ने सन्देश लेखिएको छ । झट्ट हेर्दा यो पोस्टर सामाजिक सन्देश दिने उद्देश्यले बनाएको जस्तो देखिन्छ तर यसमा प्रयोग गरिएका फोटोका कारण पशुसेवा विभाग विवादमा तानिएको छ ।
पोस्टरमा गाई, स्त्री बाख्री लगायतको फोटो प्रयोग गरिएको छ जसका कारण विवाद भएको हो । पोस्टरको तल नेपाल सरकारको लोगोसहित नेपाल सरकार, कृषि तथा पशुपन्छी विका मन्त्रालय, राष्ट्रिय पशु आहार तथा लाइभस्टक गुण व्यवस्थापन प्रयोगशालाले यो पोस्टर जारी गरेको उल्लेख गरिएको छ । यद्यपि यो विभागले जारी गरेको भने होइन । सम्भवतः यो विभागलाई बदनाम गराउने उद्देश्यले नियोजित रुपमै भाइरल गराइएको पोस्टर हो ।
‘त्यो पोस्टर हाम्रो आधिकारिक होइन’ पशुसेवा विभागका प्रवक्ता चन्द्र ढकालले भने ‘त्यो कसले भाइरल बनाएको हो भन्ने खोजी हुँदैछ ।’ पशुसेवा विभागका महानिर्देशक आज घरायसी कामले विदामा छन् । उनी भोलि कार्यालय आएपछि यस विषयमा छलफल गरेर अब के गर्ने भन्ने निर्णयमा पुगिने प्रवक्ता ढकालले बताए ।
Facebook Comment