जोर्डनमा रहेको यू–१६ फुटबल टोली आज स्वदेश फर्कने

डिसी नेपाल
७ असोज २०७६ १०:४६

काठमाडौं । जोर्डनमा सम्पन्न एएफसी यू–१६ च्याम्पियनसिप छनोट प्रतियोगितामा सहभागिता जनाएर नेपाली यू–१६ फुटबल आज स्वदेश फर्कने भएका छन् ।

नेपाली टिम मंगलबार साँझ नेपाल आईपुग्ने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । नेपाली टिम आज साँझ ६ः३० मा नेपाल आईपुग्ने छन् । छनोटमा चौंथो भएको नेपालले श्रीलंकालाई मात्र हराएको थियो । आइतबार राति भएको खेलमा नेपालले श्रीलंकालाई ३–० गोल अन्तरले हराएको थियो ।

त्यसअघि पहिलो खेलमा घरेलु टोली जोर्डनसंग ७–० ले पराजित नेपालले दोस्रो खेलमा कुवेतसंग १-१ को बराबरी खेलेको थियो । तेस्रो खेलमा नेपाल ताजिकिस्तानसंग ७–० ले पराजित भएको थियो ।

समूह ए मा रहेको नेपालले ४ खेलबाट ४ अंक जोडेको थियो । प्रतियोगिताबाट ताजिकिस्तान च्याम्पियनसिपका लागि छनोट भएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *