कावासोती दुर्घटना अपडेटः मृतक पाँचै जनाको पहिचान खुल्यो

डिसी नेपाल
७ असोज २०७६ ११:४६

नवलपुर । नवलपरासीको कावासोती नगरपालिका–८, खरकट्टामा दुर्घटनामा परी मृत्यु हुने पाँचै जनाको पहिचान खुलेको छ।

मृत्यु हुनेमा देवचुली नगरपालिका–१ केउरेनीका दीपक भन्ने पूर्णबहादुर विक, देवचुली–५ का दिलबहादुर ढेँगामगर, देवचुली नगरपालिका–१० का दिपेश राना, सोही स्थान घर भएका हीरा राना र कैलाली धनगढी–११ का सुरज रानामगर रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले बताए।

सोमबार राति १०ः१५ बजेको समयमा पूर्वी नवलपरासीको कावासोती नगरपालिका–८, खरकट्टा जङ्गलस्थित पूर्व–पश्चिम राजमार्गमा लु १ ख ८५३२ नंको ट्रक र बा २१ च ६४०९ नंको कार एकापसमा ठोकिँदा कारमा सवार पाँच जनाको मृत्यु भएको थियो।

नवलपरासीकै मध्यबिन्दु नगरपालिका–१० मा सोमबार रातिनै दाङबाट काठमाडौँका लागि छुटेको ना ७ ख ८६ ४२ बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको थियो भने १५ जना घाइते भएका छन्।

यस्तै आज बिहान ४ः४० को समयमा नवलपरासीको चोरमारामा ना ४ ख ९५ १० नम्बरको बस आफैँ अनियन्त्रित भएर पल्टिँदा सात जना घाइते भएका छन्। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *