त्रिकोणात्मक टी–ट्वान्टी सिरिजको लागि नेपाली टोली भोली सिंगापुर जाने, यस्तो रहेको छ खेल तालिका

डिसी नेपाल
७ असोज २०७६ १२:३८

काठमाडौं । सिंगापुरमा आयोजना हुने तीन राष्ट्रबीचको त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टिम भोलि त्यसतर्फ प्रस्थान गर्ने भएका छन् ।

प्रतियोगिताको लागि नेपालले गत बिहिबार नै १५ सदस्सीय टिमको घोषणा गरिसकेको छ । आईसीसीका प्रतिनिधि अमिनुल इस्लाम, प्रशिक्षक उमेश पटवाल र कप्तान पारस खड्काले नेपाली टोली छनोट गरेका हुन् ।

नेपालले घोषणा गरेको टिममा दुई नयाँ अनुहार छन् । जसमा ईशान पाण्डे र कुशल मल्ल रहेका छन् । घरायसी कामले ज्ञानेन्द्र मल्ल टिममा नहुदा दिपेन्द्र सिंह ऐरीलाई उपकप्तानको जिम्मेवारी दिईएको छ । यस्तै अनुभवी खेलाडी शरद भेषवाकर र भेट्रान बलर बसन्त रेग्मी टिममा अटाएका छैनन् । सिंगापुर क्रिकेटको आयोजनामा हुने टी–ट्वान्टी सिरिज शुक्रबारबाट सुरु हुनेछ । सिरिजमा नेपाल, आयोजक सिंगापुर र टेष्ट राष्ट्र जिम्बावे रहेका छन् ।

नेपालले जिम्वाबेसँग खेल्दै सिरिजको सुरुवात गर्नेछ । नेपालले शुक्रबार जिम्वाबेसँग खेल्नेछ । यस्तै शनिबार नेपालले सिंगापुरसँग खेल्नेछ । डबल राउण्ड रोबिनको आधारमा हुने सिरिजमा नेपालले जिम्वाबेसँग अर्को साताको मंगलबार दोस्रो खेल खेल्नेछ । यस्तै अर्को साताको बुधबार सिंगापुरसँग खेल्नेछ । डबल राउण्ड रोबिनको आधारमा हुने सिरिजको शीर्ष दुई टोलीले फाइनल खेल्नेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *