धोनीले विजय हजारे ट्रफी र बंगलादेशविरुद्धको सिरिज पनि नखेल्ने
काठमाडौं। पूर्व भारतीय कप्तान मेहन्द्र सिंह धोनी यस वर्षको नोभेम्बरसम्म क्रिकेटबाट परै रहने भएका छन्। विश्वकप क्रिकेट पछि धोनीले कुनै पनि क्रिकेट प्रतियोगिता खेलेका छैनन्। उनी भारतको वेस्ट इण्डिज भ्रमणमा पनि भारतीय टोलीमा थिएनन भने हाल घरेलु मैदानमा चलिरहेको दक्षिण अफ्रिका विरूद्धको सिरिजमा पनि टोलीमा छैनन्।
धोनी यतिबेला आफ्नो गृह नगर राँचीमा छन्। यसअघि उनले केहि समय भारतीय आर्मीसँग तालिम लिनमा बिताएका थिए। मुम्बईबाट प्रकाशित हुने ‘मुम्बई मिरर’का अनुसार एम एस धोनी विजय हजारे ट्रफी र बंगलादेशविरूद्ध हुने टि-२० घरेलु सिरिजमा पनि टोली बाहिर नै रहने समाचार प्रकाशित गरेको छ।
यस्तै भारतीय टोलीले अक्टुवरमा दक्षिण अफ्रिकासँग टेस्ट सिरिज खेल्दैछ भने बंगलादेश त्यसपछि नोभेम्बरमा भारत भ्रमणमा आउँदैछ। उनी डिसेम्बरमा टोली छनौटका बेलामात्र उपलब्ध हुने जनाइएको छ। डिसेम्बरमा भारत वेस्ट इण्डिज भ्रमणमा जाने कार्यक्रम तय छ। त्यहाँ भारतले ३ टि-२० र ३ वान डे सिरिज खेल्दैछ।
Facebook Comment