अस्ट्रेलियाका दिग्गज क्रिकेटर शेन वार्नलाई किन लगाइयो गाडि चलाउन प्रतिबन्ध ?
एजेन्सी । अष्ट्रेलियाका पूर्व स्पिनर शेन वार्नलाई गाडी चलाउन प्रतिबन्ध लागेको छ । गति सिमित क्षेत्रमा नियम उलंघन गर्दै तीव्र गतिमा गाडी चलाएपछि वार्नलाई १२ महिनाको प्रतिबन्ध गरिएको छ ।
५० वर्षीय लिजेण्ड क्रिकेटर वार्नले गत अगष्टमा लण्डनमा ४० किमी प्रति घण्टाको गतिमा चलाउनु पर्ने स्थानमा ४७ किमी प्रति घण्टाको गतिमा गाडी चलाएका थिए ।
लण्डनको किङ्ग्स्टन क्षेत्रमा वार्नले तीव्र गतिमा गाडी चलाएको सिसिटिभी फुटेजमा देखिएको छ । र, विम्बल्डनको एक अदालतले उनलाई दोषी ठहर गर्दै प्रतिबन्ध गरेको हो । साथै उनलाई लाइसेन्समा १५ पेनाल्टी अंक समेत प्रदान गरिएको छ ।
वार्नले सन् २०१६ अप्रिल देखि गत वर्षको अगष्ट सम्ममा ६ पटक तीव्र गतिमा गाडी चलाएको भेटिएको छ । प्रतिबन्धसँगै उनलाई १ हजार ८ सय ४५ पाउण्ड जरिवाना गरिएको छ ।
यसअघि पनि वार्नलाई तीव्र गतिमा गाडी चलाएको आरोप लागेको थियो । तर, कारबाहीमा परेका थिएनन् ।
लिजेण्ड स्पिनर वार्नले १ सय ४५ टेष्टमा ७ सय ८ विकेट हात पारेका छन् भने एकदिवसीयमा १९४ खेल खेल्दै २ सय ९३ विकेट लिन सफल भएका थिए ।
Facebook Comment