फिफा वर्ष खेलाडीमा मेस्सी, रोनाल्डो र भान डाइकले आफ्नो भोट कस–कसलाई दिए ?

डिसी नेपाल
७ असोज २०७६ १६:१६

काठमाडौं। फिफा वर्ष खेलाडीमा बार्सिलोनाका अर्जेन्टिनी स्टार लियोनेल मेस्सी छनोट भएका छन् । उनले युभेन्टसका पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो र लिभरपुलका डच स्टार भर्जिल भान डाइकलाई पछि पारे । उनले यससँगै छैटौं पटक यो अवार्ड जितेका छन् ।

यो अवार्डका लागि फिफामा आबद्ध विश्वभरका देशका फुटबल टिमका कप्तानहरुले भोट गरेका थिए । यो अवार्डको लागि भएको भोटिङ यसकारण पनि चासोको विषय बनेको छ किनकि मनोनयनको शीर्ष ३ मा रहेका रोनाल्डो, मेस्सी र भान डाइक आफैं पनि आ–आफ्नो देशका कप्तान हुन र उनीहरुले पनि यो अवार्डको लागि भोट दिएका थिए ।

यी तीन जनामध्ये भर्जिल भान डाइकले मेस्सीलाई र मेस्सीले रोनाल्डोलाई भोट गरेका थिए । तर, रोनाल्डोले भने मेस्सी र भान डाइक दुवैलाई भोट गरेनन् । भर्जिल भान डाइकले ५ अंकका लागि मेस्सीलाई भोट गरेका थिए । उनले ३ अंकको लागि मोहम्मद सलाह र १ अंकको लागि सादियो मानेलाई भोट गरे । यी दुवै खेलाडी भान डाइकसँगै लिभरपुलका खेलाडी हुन् ।

लियोनेल मेस्सीले ५ अंकको लागि ५ अंकका लागि सादियो मानेलाई भोट गरे । मेस्सीले ३ अंकका लागि क्रिस्टियानो रोनाल्डो र १ अंकका लागि फ्रेंकी डी जोङलाई भोट गरेका थिए । डी जोङ मेस्सीसँगै बार्सिलोनाबाट खेल्छन् । पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले भने आफूसँग प्रतिस्पर्धामा रहेका दुवै खेलाडीलाई भोट गरेनन् । रोनाल्डोले ५ अंकको लागि म्याथिज डी लिग्टलाई भोट गरे । रोनाल्डोले ३ अंकको लागि फ्रेंकी डी जोङ र १ अंकको लागि किलियन एम्बाप्पेलाई भोट गरे । ५ अंक पाएका डी लिग्ट रोनाल्डोसँगै युभेन्टसबाट खेल्छन् भने १ अंक पाएका एम्बाप्पे फ्रान्सको पिएसजीमा छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *