साफ यू–१८ : भुटान र माल्दिभ्सले बराबरी खेल्दा नेपाल बाहिरियो

काठमाडौं । नेपालमा जारी तेस्रो संस्करणको साफ यू–१८ च्याम्पियनसिप डिफेण्डिङ च्याम्पियन नेपाल समूह चरणबाटै बाहिरिएको छ। समूह बी को मंगलबार भएको अन्तिमक खेलमा भुटान र माल्दिभ्सले गोलरहित बराबरी खेलेपछि नेपाल प्रतियोगिताबाट बाहिरिएको हो। सो समूहबाट भुटान समूह विजेता र माल्दिभ्स उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेका छन् ।
समूह चरणमा नेपालले एक जित पनि निकाल्न सकेन। भुटानसँग ३–० ले पराजित भएको नेपालले माल्दिभ्ससँग १–१ को बराबरी खेलेको थियो। दुई वटा बराबरी खेलेको माल्दिभ्स भने उपविजेता बन्दै सेमिफाइनल पुग्यो। नेपालले घरमै आयोजित प्रतियोगिता जितेर ह्याट्रिक गर्ने लक्ष्य लिएको प्रतियोगिता शुरु हुनु अगाडि प्रशिक्षकले दावी गरेका थिए। तर, नेपालको प्रदर्शन च्याम्पियन बन्न लायक देखिए।
मंगलबार भएको समूह चरणको अन्तिम खेल हलचोकस्थित सशस्त्र प्रहरी बलको मैदानमा भएको थियो । दुवै टोलीले पाएको मौका सदुपयोग गर्न नसक्दा बराबरीमा खेल सकियो । यो बराबरीसँगै समूह विजेता बनेको भुटानले २ खेलमा ४ अंक जोड्यो ।
पहिलो खेलमा भुटानले नेपाललाई ३–० ले हराएको थियो । यस्तै माल्दिभ्स उपविजेता बन्दै सेमिफाइनल पुगेको छ । माल्दिभ्सले २ खेलमा २ अंक जोड्यो । माल्दिभ्सले पहिलो खेलमा नेपालसँग १ –१ गोलको बराबरी खेलेको थियो । साविक विजेता समेत रहेको नेपालले भने २ खेलमा १ अंक जोड्यो । नेपाल समूहको पुछारमा रहदै प्रतियोगिताबाट बाहिरिएको हो ।
Facebook Comment