साफ यू–१८ मा खराब प्रदर्शनपछि मुख्य कोचले दिए राजिनामा

डिसी नेपाल
८ असोज २०७६ ७:३८

काठमाडौं । यू–१८ राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठले पदबाट राजीनामा दिएका छन्।

साविक विजेता नेपाल साफ यू–१८ फुटबल च्याम्पियनसिपको समूह चरणबाटै बाहिरिएपछि मुख्य प्रशिक्षक श्रेष्ठले पदबाट राजीनामा दिएका हुन् । श्रेष्ठ २०७५ सालमा एन्फा एकेडेमीको यू–१८ टिमको मुख्य प्रशिक्षक नियुक्त भएका थिए ।

अघिल्ला दुई संस्करणमा च्याम्पियन बनेको नेपाल हाल जारी यू–१८ साफ च्याम्पियनसिप फुटबलको समूह चरणबाटै बाहिरिएको छ । मंगलबार भएको समूह ‘ए’ को अन्तिम खेलमा भुटानले माल्दिभ्ससँग गोलरहित बराबरी खेलेपछि नेपाल समूह चरणबाटै बाहिरिएको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *