बँदेललाई ताकेर हान्दा आफ्नै पितालाई लागेपछि…
काठमाडौं। धेरै मानिसहरुलाई शिकार खेल्ने सोख हुन्छ । तर, कहिलेकाहीँ यो सोखले यस्ता घटनाहरु हुन्छन् जसका कारण उनहिरुलाई जीवनभर पछुतो हुन्छ । यस्तै घटना इटलीमा भएको छ । यहाँ एक युवकले जंगलमा शिकार खेल्ने क्रममा बँदेल भनेर आफ्ना पितालाई नै गोली हानिदिए । आरोपी छोरालाई पुलिसले गिरफ्तार गरेको छ ।
बीबीसीको समाचार अनुसार यो घटना इटलीको दक्षिणी क्षेत्र क्याम्पेनियाको सिसिग्नानो डिलेरी अर्बुनी गाउँनजिकैको हो जहाँ जंगली बँदेलको शिकार गर्न खोज्दा युवकले आफ्नै पितालाई गोली हाने । खासमा ३४ वर्षका ती शिकारीले आफ्ना शिकारी कुकुरहरु भुकेको सुने र झाडीका केही सरसराहट देखे । त्यसपछि उनले ताकेर एक गोली चलाए जुन गोली उनका ५५ वर्षीय पिताको पेटमा गएर लाग्यो ।
मार्टिनो गौडिओसो नामका ती पिताको केहीबेरमै मृत्यु भयो । आरोपी युवक र उनका पिता यस्तो संरक्षित क्षेत्रमा थिए जहाँ शिकार गर्न निषेध गरिएको थियो । गत वर्ष पनि जंगली बँदेलको शिकार गर्ने क्रममा १८ वर्षका एक किशोरको गोली लागेर मृत्यु भएको थियो । इटलीमा शिकारको क्रममा यस्ता दुर्घटना भइरहन्छन् तर परिवारकै सदस्य यसरी मारिएको भने यो पहिलो घटना हो ।
Facebook Comment