बजारमा आयो १०० को नयाँ नोट, के–के छ नयाँ ?

काठमाडौं। नेपाल राष्ट्र बैंकले १०० रुपैयाँको नयाँ नोट सार्वजनिक गरेको छ।
बैंकले सूचना प्रकाशित गर्दै १०० रुपैयाँको नयाँ नोट सार्वजनिक गरेको हो। उक्त नोट बजारमा चलनचल्तीमा आइसकेको छ।
नोटमा केही नयाँ चित्र र शब्द थपेर थपिएको बैंकले जनाएको छ। सूचनामा उल्लेख गरिएअनुसार नोटको बायाँतर्फ सगरमाथाको चित्र रहेको छ भने मध्य भागमा पृष्ठिभूमिमा नेपालको नक्सा रहेको छ।
यस्तै नोटमा अशोक स्तम्भको चित्र साथै लुम्बिनी द बर्थ प्लेस अफ लर्ड बुद्ध लेखिएको छ।
प्रतिक्रिया
Facebook Comment