सलमानसँग विवादको विषयमा पहिलो पटक बोलिन् प्रियंका
मुम्बइ। प्रियंका चोपडा अहिले आफ्नो फिल्म द स्काइ इज पिंकको प्रमोसनमा व्यस्त छिन् । फिल्मको ट्रेलर केही दिन पहिले रिलिज भएको थियो जसलाई दर्शकले निकै मन पराइरहेका छन् । यो फिल्मको लागि प्रियंकाले सलमान खानको फिल्म भारत छोडेकी थिइन् । प्रियंकाले छाडेपछि लमानले फिल्ममा कट्रिना कैफलाई लिएका थिए । सलमानले भारतको प्रमोसनको बेला प्रियंकाका बारे धेरै कुरा बोलेका थिए ।
यस विषयमा प्रियंकाले पहिलोपटक बोलेकी छिन् । मुम्बइ मिररसँग कुरा गर्दै प्रियंकाले आफूलाई सलमानसँग कुनै समस्या नभएको बताइन् । प्रियंकाले सलमानलाई एक असल व्यक्ति भएको बताइन् । प्रियंकाले भनिन् ‘यदि मैले कुनै विषयमा प्रतिक्रिया दिनुपर्ने भए मैले दिन्थें । सलमान असल व्यक्ति हुन् । मैले सधैं उनको प्रशंशा गरें । उनी मेरो र निकको रिसेप्सनमा पनि सहभागी भएका थिए । हामी उनको घर गएका थियौं । म उनकी बहिनीसँग निकै नजिक छु ।’
Facebook Comment