जो बाइडनबारे अनुसन्धान गर्न ट्रम्पले युक्रेनी राष्ट्रपतिलाई आग्रह गरेको पुष्टि

डिसी नेपाल
९ असोज २०७६ ७:४१

बीबीसी। अमेरिकामा ट्रम्प प्रशासनले गत जुलाइमा राष्ट्रपतिले गरेका टेलिफोन कुराकानीको विवरणको सारांश सार्वजनिक गरेको छ।

त्यसमा राष्ट्रपति डोनल्ड ट्रम्पले युक्रेनी नेता भोलोदिमिर जेलेन्स्कीलाई अमेरिकी राष्ट्रपति निर्वाचनमा उनका सम्भावित प्रत्यासी जो बाइडनमाथि भ्रस्टाचारको छानबिन गर्न आग्रह गरेका छन्।

त्यो विवरणमा भनिए अनुसार, बाइडनको छोरा काम गर्ने कम्पनीबारे युक्रेनी अभियोक्ताहरूले थालेको छानबिन बाइडनले रोकिदिएको ट्रम्पले छनक दिएका छन्।

ट्रम्पले जेलेन्स्कीलाई त्यस विषयमा आफ्ना निजी वकिल रुडी जुइलियानीसँग छलफल गर्न भनेका थिए।

समाचारपत्रहरूमा आएका विवरण बमोजिम जुलियानीले बाइडनको मुद्दालाई लिएर युक्रेनसँगको नीति आफ्नै ढङ्गले अघि बढाइरहेका छन्।

ट्रम्पले भने राष्ट्रपतीय चुनावका आफ्ना सम्भावित प्रत्यासीविरुद्ध त्यसतो अनुसन्धानको माग गरिएको विषय अस्वीकार गर्छन्।

एक सुराकीले औपचारिक रुपमा उजुरी हालेको समाचार आएपछि यो ट्रम्प र जेलेन्सकीबीचको टेलिफोन वार्ताबारे विवाद चर्किएको हो।

ट्रम्पले जुलाइ २५ तारिखमा भएको भनिएको टेलिफोन वार्ताको पूर्ण र सम्पादन नगरिएको विवरण सार्वजनिक गर्ने वाचा गरेका थिए।

तर ह्वाइट हाउसले बुधवार बिहान सार्वजनिक गरेको विवरणमा भने अमेरिकी अधिकारीहरूले सुनेर तयार गरिएको संवादमात्रै समेटिएको छ।

ट्रम्पले युक्रेनलाई सैन्य सहायता स्वरुप करिब ४० करोड डलर रोक्न निर्देशन दिएको केही दिनपछि उक्त टेलिफोन कुराकानी बाहिरिएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *