नेपाल प्रहरीका ३ एआईजीको सरुवा, को कहाँ ?

डिसी नेपाल
९ असोज २०७६ ९:४३

काठमाडौं । नेपाल सरकारले नेपाल प्रहरीका ३ जना अतिरिक्त महानिरीक्षक (एआईजी) को सरुवा गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले एआईजीहरू पुष्कर कार्की, ठूले राई र धिरु बस्न्यातको सरुवा गरको हो ।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा कार्यरत एआईजी पुष्कर कार्कीलाई मानव स्रोत तथा प्रशासन र कार्य तथा अपराध अनुसन्धन दुईवटा विभागको नेतृत्व हेर्नेगरी प्रहरी मुख्यालयमा सरुवा गरिएको छ ।

त्यस्तै मुख्यालयका एआईजी ठुले राईलाई राष्ट्रिय प्रहरी प्रशिक्षण् प्रतिष्ठान विभागमा सरुवा गरिएको छ । अर्का एआईजी धिरु बस्न्यातलाई राष्ट्रिय सुरक्षा परिषद्को कार्यालयमा काजमा राखिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *