मेयरकप रात्रिकालिन क्रिकेटमा जनकपुरकाे लगातार दोस्रो जित

डिसी नेपाल
९ असोज २०७६ ९:५६

सुनसरी । सुनसरी सदरमुकाम इनरुवामा जारी दोस्रो मेयर कप रात्रिकालिन टी–ट्वान्टी क्रिकेटमा जनकपुरले लगातार दोस्रो जित निकालेको छ । बुधबार राति भएको खेलमा धरानलाई ६ विकेटले हराउँदै जनकपुरले दोस्रो जित हात पारेको हो ।

वर्षाका कारण ११ ओभरमा झारिएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको धरानले ११ ओभरमा अलआउट हुँदै ७७ रन बनायो । उसका लागि शुभाष चन्द्रले २६ बलमा ३७ रनको योगदान दिए । बलिङतर्फ जनकपुरका राहुल प्रताप सिंहले ४ तथा शमशाद शेखले ३ विकेट लिए ।

धरानले दिएको ७८ रनको लक्ष्य जनकपुरले ४ विकेट गुमाएर ११ ओभरमा पुरा गर्‍यो । जनकपुरका लागि हरिशंकर साहले १८ रन बनाए । खेलको प्लेयर अफ द म्याच जनकपुर राहुल प्रताप सिंह घोषित भए । सुनसरी सदरमुकाम इनरुवामा फुलबारी क्रिकेट क्लबको आयोजनामा जारी प्रतियोगिता अन्तर्गत आज एपीएफ र आयोजकबीच प्रतिस्पर्धा हुनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *