आजपनि बढ्यो विदेशी मुद्राको भाउ, कुन देशको कति ?

काठमाडौं । आज (बिहीबार) अमेरिकी डलरसहित प्राय सबै देशको भाउ उकालो लागेको छ । आज अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ ३६ पैसा रहेको छ भने बिक्रिदर ११३ रुपैयाँ ९६ पैसा रहेको छ।
त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १४० रुपैयाँ ५७ पैसा र बिक्रिदर १४१ रुपैयाँ ३१ पैसा रहेको छ। साउदी रियाल एकको खरिददर ३० रुपैयाँ २२ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ३८ पैसा रहेको छ। त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ १३ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ २९ पैसा रहेको छ।
युएई दिराम एकको खरिददर ३० रुपैयाँ ८६ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ३ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ ५ पैसा तथा बिक्रिदर २७ रुपैयाँ २० पैसा रहेको छ।
कुवेती दिनार एकको खरिददर ३७३ रुपैयाँ तथा बिक्रिदर ३७४ रुपैयाँ ९८ पैसा रहेको छ । बहराईन दिनार एकको खरिददर ३ सय रुपैयाँ ६८ पैसा तथा बिक्रिदर ३ सय २ रुपैयाँ २७ पैसा रहेको छ।
राष्ट्र बैंकले तोकेको अन्य देशको विनिमयदर
Facebook Comment