३ वर्षको प्रेमपछि प्रहरी चौकीमा बिहे, बिहेको केही घण्टामै उत्रियो प्रेमको ‘भूत’

डिसी नेपाल
९ असोज २०७६ १०:४४

काठमाडौं। प्रेममा रहँदासम्म राम्रो सम्बन्ध भएका जोडीको विवाहपछि सम्बन्ध बिग्रिएका उदाहरण धेरै छन् । प्रेमविवाह गरेका कैयौं जोडीको सम्बन्ध अन्ततः सम्बन्धविच्छेदमा पुगेर टुंगिएका छन् । तर, एउटा विवाह भने केही घण्टा पनि टिक्न नसकेको सनसनीपूर्ण घटना सार्वजनिक भएको छ ।

२५ वर्षकी ती युवती र ठेकेदारीको काम गर्ने युवकबीच ३ वर्षदेखि प्रेम थियो । यसबीचमा युवती गर्भवती पनि भइन् र उनको गर्भपतन गराइयो । उनीहरुको सम्बन्धबारे बाहिर हल्ला फैलिएपछि उनीहरुको प्रहरी चौकीमा गाउँमा पञ्चहरुको रोहवरमा विवाह गराइयो । तर, बिहेको केही घण्टामै ठेकेदारले आफ्नी भर्खर बेहुली बनेकी पत्नीलाई कुटपिट गरेर घरबाट धपाइदिए । आज तकको समाचार अनुसार यो घटना बिहारको बेगुसरायको हो ।

बेगुसरायमा २५ वर्षकी युवतीलाई गाउँकै एक ठेकेदार मोहम्मद परवेजले बिहेको आश्वासन दिएर ३ वर्षसम्म यौन शोषण गरे । युवती गर्भवती भएपछि उनले युवतीलाई झुक्याएर औषधी खुवाइ गर्भपतन गराए । गर्भपतनपछि युवतीको स्वास्थ्य बिग्रिएपछि यो विषय पुलिसमा पुग्यो र पुलिसले प्रेमीलाई पक्राउ गर्यो । प्रेमीलाई पक्राउ गरेपछि पुलिस चौकीमै पञ्चहरुको रोहवरमा उनीहरुको विवाह गराइयो ।

बिहे गराइए पनि पति भने पत्नीलाई घरमा राख्न तयार छैनन् । युवतीलाई घर पुग्नासाथ कुटपिट गरेर धपाइएको छ । सोनी भनिने जुबेदा खातुनका अनुसार उजुरीपछि पनि पुलिसले कुनै कारवाही गरिरहेको छैन । जुबेदाको पहिले बिहे भइसकेको थियो र २०१६ मा सम्बन्धविच्छेद भएको थियो । सम्बनधविच्छेदपछि माइतीमा बसेकी जुबेदाको गाउँकै ठेकेदार मोहम्मद परवेजसँग प्रेम सुरु भयो । बिहेको आश्वासन दिँदै परवेजले ३ वर्षसम्म उनको यौन शोषण गरे ।

जुबेदा गर्भवती भएको थाहा पाएपछि झुक्याएर औषधी खुवाइ उनको गर्भपतन गराइदिए । गर्भपतनपछि उनको स्वास्थ्य बिग्रियो । त्यसपछि परवेजले उनलाई शहरको एक अस्पतालमा भर्ना गरेर त्यत्तिकै छाडेर हिँडे । जुबेदाले पुलिसमा उजुरी गरिन् । पुलिसले परवेजलाई पक्राउ गर्यो र थानामै बिहे गराइयो । बिहेपछि ३ सेप्टेम्बरमा जब जुबेदा घर पुगिन् परवेजका परिवारले उनलाई कुटपिट गरेर धपाए ।

जुबेदाका अनुसार उनका पति परवेजले १ कठ्ठा जमिन र ३ लाख रुपैयाँ दाइजो मागेका थिए । दाइजो नदिँदा जुबेदालाई घरमा राख्न तयार भएनन् र कुटपिट गरेर धपाए । जुबेदाले कुटपिट र दाइजो मुद्दा दिएकी छिन् । जुबेदाले मुद्दा दर्ता गरेपछि पनि पुलिसले कुनै कारवाही नगरेको आरोप लगाएकी छिन् । पुलिसले उल्टै उनका पतिसँग मिलेर उनीविरुद्ध नै मुद्दा चलाएको उनको आरोप छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *