सिरी ‘ए’मा इन्टरको अपराजित यात्रा कायम

डिसी नेपाल
९ असोज २०७६ १०:५६

एजेन्सी । इटालियन सिरी ए फुटबलमा इन्टर मिलानले अपराजित यात्रा कायम राखेको छ । बुधबार राति भएको खेलमा लाजियोलाई १–० गोल अन्तरले पराजित गर्दै इन्टरले अपराजित यात्रा कायम राखेको हो ।

घरेलु मैदानमा इन्टरको जितमा डानिलो डी’आम्ब्रोसिओले निर्णयक गोल गरे । खेलको २३ औं मिनेटमा डानिलोले गोल गरेका थिए । जुन गोल खेलमा निर्णायक बन्यो ।जितसँगै इन्टरले पाँच खेलमा ५ जित निकालेको छ । र, इन्टर १५ अंक जोडेर शीर्ष स्थानमा उक्लिएको छ । इन्टर दोस्रो स्थानको युभेन्ट्स भन्दा २ अंकले अघि रहेको छ । ७ अंक जोडेको लाजियो आठौं स्थानमा छ ।

सिरी ए कै अर्को खेलमा रोमालाई एटलान्टाले २–० ले हराएको छ । नापोली पनि काग्लियारीसँग १–० ले पराजित भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *